आफ्नै हात काटेर बिमाको रकम निकाल्न खोज्दा…



स्लोभेनियाकी एकजना महिलालाई नियतवश आफ्नो हात काटेर बिमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ । राजधानी लुब्लियानास्थित अदालतले २२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बिमा नीति खरिद गरेको पाइएको थियो । उनले हाँगा छिमल्ने क्रममा हात काटिएको बताएकी थिइन् ।

हातको बिमावापत् उनले दश लाख अमेरिकी डलरभन्दा धेरै पाउने थिइन् । तर अब उनलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । उनका केटासाथीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा आदलेसीचलाई अस्पतालमा पुर्याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए ।

उनको अपाङ्गता स्थायी होस् भन्ने हेतुले उनी र उनको केटासाथीले काटिएको भाग जानाजान छाडेर अस्पताल आएको अदालतको निष्कर्ष छ । तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदियो । सो घटनाको केही दिन अगाडि महिलाका केटासाथीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको अभियोजनकर्ताहरूले बताए ।

त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने अभियोजनकर्ताहरूले बताएका छन् । ती केटासाथीका बुवालाई पनि एक वर्षे जेल सजाय सुनाइयो। तर उनीविरुद्धको सजाय लागु गराइएको छैन । मुद्दाको अवधिभरि आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन् । यदि उनको योजना सफल भएको भए उनले आधा जति रकम एकमुष्ट र बाँकी मासिक किस्तामा पाउने थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही