कुकुरलाई अब दैनिक एक घण्टा घुमाउनै पर्ने कानुन बन्ने



जर्मनीमा तपाईँले पालेको कुकुरलाई दैनिक दुई पटक गरेर कम्तीमा एक घण्टा डुलाउनै पर्ने कानुन बन्ने बताइएको छ । मस्यौदा तयार भइसकेको कानुनमा लामो समयसम्म कुकुरलाई सिक्रीमा बाँधेर राख्न पनि प्रतिबन्ध लगाइने प्रावधान छ । एक पटकमा तीनवटा भन्दा धेरै जनावर पाल्न नदिने गरि ’कुकुर फार्म’माथि प्रतिबन्ध लगाउने योजना पनि कानुनमा राखिएको छ ।

कानुन परिवर्तनको योजनबारे कृषिमन्त्री युलिया क्लोकनरले भनिन्, “घरमा पालेका जनावर टाँसेर राख्ने खेलौना होइनन्, उनीहरूको आवश्यकताको ख्याल गरिनुपर्छ।“ कानुनमा गर्न लागिएको सुधारमा कुकुर पालकहरूले अनिवार्य रूपमा गर्नुपर्ने कुराहरू समेटिएका छन् । कुकुरलाई दिनदिनै बाहिर डुलाउनु पर्ने व्यवस्था गरिएको त्यसैमा हो । जसअनुसार दिनमा दुई पटक कम्तिमा एक घण्टा घुमाउनु पर्नेछ । कुकुरका मालिकले पूरै दिन कुकुरलाई एक्लै घरमा छाड्न पनि पाउने छैनन् ।

पशुपालकले तीनवटा भन्दा बढी जनवार पाल्न पाउने छैनन् र कुकुरका छाउराको सामाजिकीकरणका निम्ति दैनिक कम्तीमा चार घन्टा मानिसहरूसँगै राख्नुपर्ने छ । मन्त्री क्लोकनरका अनुसार जनावरको सुरक्षा र कल्याण सुनिश्चित गर्न कानुनमा गर्न लागिएका परिवर्तनहरू विज्ञहरूको सुझावमा आधारित छन् । नयाँ नियमको मस्यौदा तयार भइसकेको छ र त्यो आउँदो वर्षको सुरुमा त्यो कानुन बन्न सक्छ । परित भएमा त्यो लागु गराउने अभिभारा जर्मन राज्यहरूको हुनेछ ।

कृषि मन्त्रालयकी एक प्रवक्ताले कसैले कुकुरलाई डुलाउन लग्यो कि लगेन भनेर प्रहरी कुकुरपालकको घरमा सोधखोज गर्न जाने सम्भावना निकै कम रहने बताइन् । पालिएका कुकुरहरूलाई राम्रो व्यवहार गरिएको सुनिश्चित गर्नेमा जोड दिने उद्देश्य रहेको उनको भनाइ छ । पशु सुरक्षा नियमहरू विपरीत कान र पुच्छर काटिएका कुकुरहरूलाई प्रदर्शन गर्न पनि रोक लगाउने प्रस्ताव योजनामा छ । मन्त्री क्लोकनरको योजनामा टाढा यात्रा गराइने पशुका निम्ति साढे चार घण्टाको ट्रान्जिट समय पनि निर्धारण गर्ने नयाँ नियम समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा महिनौँसम्म धारो बन्द नगर्दा २७ हजार डलर जरिवाना

जापानको कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा

अमेरिकामा इच्छाविपरीत जन्मदिनको पार्टी दिने कम्पनीलाई ४ लाख ५० लाख डलर जरिवाना

बीबीसी । अमेरिकामा आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरिदिएको भन्दै

जुम कलबाट एकैपटक ९०० कर्मचारीको जागिर चट

एक अमेरिकी कम्पनीका प्रमुखले एउटै जुम कलमार्फत् करिब ९ सय कर्मचारीलाई बर्खास्त गरेका

चीनमा सुँगुरको डेढ किलो मासु र साढे तीन किलो प्राउन खाने व्यक्तिलाई रेस्टुराँमा प्रतिबन्ध

इन्टरनेटमा आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिलाई एउटा रेस्टुराँले प्रतिबन्ध