घरपालुवा बिरालोलाई पनि कोरोना भाइरसको सङ्क्रमण



वेलायतको एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । विज्ञहरूका अनुसार वेलायतमा घरपालुवा जनावरमा कोरोनाभाइरस पुष्टि भएको यो पहिलो पटक हो ।

यद्यपि यसको अर्थ घरपालुवा जनावरबाट मानिसहरूमा सङ्क्रमण फैलिरहेको भन्ने नभएको उनीहरूको भनाइ छ । उक्त बिरालोमा त्यसका मालिकबाट सङ्क्रमण सरेको ठानिएको छ । बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। अहिले दुवै निको भइसकेका छन् । स्वास्थ्य अधिकारीहरूले यो एकदमै विरल घटना भएको र चिन्ताको विषय नभएको बताएका छन् ।

वेलायतकी प्रमुख भेटेरिनरी अधिकारी क्रिस्टिन मिडलमिसले भनिन्, ‘यो एकदमै विरल घटना हो। सङ्क्रमित घरपालुवा जनावरमा हल्का खालका लक्षण देखिएका थिए र केही दिनभित्र निको भयो।’ घरपालुवा जनावरले मानवमा सिधै सङ्क्रमण सार्छन् भन्ने प्रमाण भने देखिएको छैन ।

पब्लिक हेल्थ इङ्ग्ल्यान्डका स्वास्थ्य सुरक्षा निर्देशक इभान डोयल जनावरलाई छोएपछि र छुनुअघि नियमित रूपमा हात सफा गर्न मानिसहरूलाई सुझाउँछन् । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने घरपालुवा जनावरको रौँमा भाइरस रहिरहन सक्छ ।

युरोप, उत्तर अमेरिका तथा एशियामा एकदमै कम सङ्ख्यामा घरपालुवा जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन् । ब्रिटिश भेटेरिनरी एसोशिएशनकी अध्यक्ष ड्यानिएला डोस सान्तोस भन्छिन्, ‘कोभिड १९ भएका वा आइसोलेशनमा बसिरहेका घरपालुका जनावरका धनीहरूलाई हामी तिनीहरूसँग घुलमिल नगर्न तथा नियमित रूपमा हात धुने जस्ता सुरक्षाका उपाय अपनाउनका निम्ति आह्वान गर्छौँ।’

यदि बिरालाहरू घरभित्रै खुशी रहन सक्छन् भने भित्रै राख्न उनको सुझाव छ । गत अप्रिल महिनामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । चार वर्ष उमेर पुगेकी उक्त बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुमपानले लाओसमा वार्षिक ६ हजार ७ सयको ज्यान जोखिममा

धुमपानसम्बन्धी रोगले लाओसमा वार्षिक ६ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन नहुने

  हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक