दश वर्ष अगाडि लुकाइएको १० लाख डलरको खजाना कसरी पर्यो फेला ?



उत्तरी अमेरिकाको रकी माउन्टेन्समा लुकाइएको १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यको सुन, मणिमाणिक्य र बहुमूल्य वस्तु सहितको खजाना फेला परेको छ । प्राचीन वस्तुहरू सङ्कलन गर्ने फरेस्ट फेनले एक दशकभन्दा अगाडि सो पीतलले बनेको कन्तुर लुकाएर भेट्टाउन सक्नेका लागि छाडिदिएका थिए ।

उनको आह्वानपश्चात् हजारौँ मानिसहरूले सो कन्तुर खोजेको, केहीले जागिर नै छोडेर बचत पैसा खर्च गरि गरि खोजीमा लागेको र चार जनाले खोजको क्रममा ज्यान समेत गुमाएका थिए । अहिले फेनले पूर्वका एक व्यक्तिले सो खजाना भेटेको बताएका छन् । ‘त्यो रकी माउन्टेन्सको जङ्गली क्षेत्रमा ताराहरूमुनि रहेको थियो र मैले १० वर्षभन्दा अगाडि लुकाएको स्थानबाट नहटेको अवस्थामा थियो,’ अमेरिकाको न्यू मेक्सिकोका ८९ वर्षीय अर्बपति फेनले एक विज्ञप्तिमा भनेका छन् ।

उनले आफूलाई खजाना पत्ता लगाउने मानिसको परिचय थाहा नभएको तर उसले सन् २०१० मा प्रकाशित आफ्नो आत्मकथामा रहेको २४ हरफको कविताको आधारमा खजाना रहेको स्थान ठ्याक्कै पत्ता लगाएको बताएका छन् । फेनले स्थानीय पत्रिका सान्ता फे न्यू मेक्सिकानलाई सो व्यक्तिले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको तर तस्बिर पठाएर खजाना फेला पारेको पुष्टि गरेको बताए । फेनले नौ किलोको कन्तुरमा दुर्लभ सुनका सिक्का, पुरातन् गरगहना र ऐतिहासिक सुनौला ऐनाजस्ता वस्तुहरू राखेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने