हिन्द महासागरको फेदमा अहिलेसम्मकै गहिरो स्थानमा अक्टोपस फेला



हिन्द महासागरको फेदमा अहिलेसम्मकै गहिरो स्थानमा फेला परेको अक्टोपसको तस्बिर खिचिएको छ । सो अक्टोपस जाभा ट्रेन्चको ७ हजार मिटरको गहिराइमा देखिएको हो जुन यसअघि फेला परेको भन्दा अझै दुई किलोमिटर तल हो । आफ्नो खोज समुद्रमुनिको जीवजन्तुसम्बन्धि अनुसन्धान विवरण छापिने ’मरिन बायोलोजी’ जर्नलमा प्रकाशित गराएका अध्ययनकर्ताहरूले त्यो ’डम्बो प्रजाति’को अक्टोपस भएको बताएका छन् ।

सन् १९४० मा डिज्नीको कार्टुन चलचित्रको पात्र झैँ कानजस्तो देखिने पखेटा भएका कारण यो प्रजातिको अक्टोपसले ’डम्बो’ नाम पाएका हुन् । वैज्ञानिक डा. एलन जेमिसनले त्यस्तो गहिराइमा अक्टोपसको उपस्थिति पत्ता लगाएका हुन् । उनलाई ल्यान्डर भनेर चिनिने उपकरणको प्रयोग गरेर समुद्रको फेदमा गरिएका अध्ययनका लागि चिनिन्छ । जहाजबाट समुद्रको फेदमा झारिने उपकरण नै ल्यान्डर हो जसले आफू वरपरका कुराहरूको तथ्याङ्क राख्छ ।

डा. जेमिसनको ल्यान्डरले दुईवटा अस्टोपसको तस्बिर खिचेका छन् । पहिलो अक्टोपस ५,७६० मिटरमा भेटिएको थियो र त्यो ४३ सेन्टीमिटर लामो थियो भने ६,९५७ मिटरमा भेटिएको दोस्रो अक्टोपस ३५ सेन्टीमिटरको थियो । अक्टोपसका अण्डा धेरै गहिरोमा भेटिएको भएपनि यसअघि सबैभन्दा गहिरो स्थानमा भेटिएको अक्टोपस ५,१४५ मिटरमा रहेको थियो ।

हिन्द महासागरको उक्त स्थानमा अक्टोपस भेटिएपछि अब संसारका ९९ प्रतिशत समुद्री फेदमा यो जीव रहनसक्ने थाहा भएको छ । डा. जेमिसनले यी तस्बिर फाइभ डीप नामक अभियानको प्रमुख वैज्ञानिकको रूपमा काम गर्दा खिचेका हुन् । सो अभियान अन्तर्गत अमेरिकी लगानीकर्ता भिक्टर भेस्कोभोले संसारका पाँचै महासागरको सबैभन्दा गहिरो भागमा पुग्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन