किन भइरहन्छ भारत र पाकिस्तानबीच परेवा फिर्ता विवाद ?



पाकिस्तानका एक गाउँलेले भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्कामा समातेर राखेको छ ।

भारत र पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँमा बस्ने एक व्यक्तिले आफूले ईदको बेला उक्त परेवा उडाएको दाबी गरेका छन् । भारतीय प्रहरीले उक्त परेवाका दुवै खुट्टामा केही सङ्केत अङ्कित औँठी भएको र त्यसको अर्थ पत्ता लगाउन खोजिएको बताएको छ । उक्त परेवा आफ्नो भएको दाबी गर्ने पाकिस्तानी गाउँलेले उक्त सङ्केत आफ्नो मोबाइल नम्बर भएको बताएका छन् ।

पाकिस्तानको डन पत्रिकाले ती व्यक्तिको नाम हबिबुल्लाह भएको र उनले एक दर्जन परेवा पालेको जनाएको छ । हबिबुल्लाहले आफ्नो परेवा शान्तिको प्रतीक भएको र भारतले त्यसलाई दुःख दिनु नहुने बताएका छन् । सोमवार भारत प्रशासित कश्मीरका गाउँलेहरूले उक्त परेवा समातेर प्रहरीलाई बुझाएका थिए । पाकिस्तानबाट उडेर आएको परेवा भारतीय पक्षले समातेको यो पहिलो पटक भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न