आइसक्रिम चाट्दा ३० दिन जेल



अमेरिकाको टेक्ससमा एउटा वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडियो सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ। सो भिडियो २४ वर्षीय डीुएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा हालेका थिए।

भिडियोमा उनले आइसक्रिम चाटेर फ्रिजमा फिर्ता राखेको देखिन्छ। पसलको सीसीटीभी क्यामरामा भने उनले भिडियो खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ। उनलाई अदालतले छ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १,००० अमेरिकी डलर जरिबाना र आइसक्रिम कम्पनीलाई १,५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको हो।

अमेरिकी टीभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए। तर भिडियो सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्‌ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो। एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआइएसको आक्रमणमा नाइजेरियामा ३४ सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

तेहरान । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई

चाडमा भएको झडपबाट कम्तीमा १७ जनाको मृत्यु

याउण्डे । चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा

टेस्लाले साङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने

सांघाई । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर साङ्घाइमा मेगाप्याक ऊर्जा