कोरोनाभाइरस संक्रमितको उपचारका लागि चीनले ६ दिनमा अस्पताल निर्माण गर्ने !



वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ।

अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ। १ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण सुरु भएको थियो।

यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन्। चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन्।

सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ।

“यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो” हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन्।

काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने “चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ।”

उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए। बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ।

“निरङ्कुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ।”

हुआङले भने- समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू-भागबाट इन्जिनियरहरू ल्याइनेछन्। “चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। त्यहाँ एकदम द्रुत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ। यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ,” उनले भने।

औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्नेछ। शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो। तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन।

सन् २००३ मा बेइजिङमा सार्स रोगका लक्षण भएका बिरामीको उपचार गर्न भनेर जियाओट्याङशन अस्पताल बनाइएको थियो।

सात दिनमा अस्पताल निर्माण सम्पन्न भएको थियो। त्यसले संसारमा सबभन्दा छिटो अस्पताल बनाउने रेकर्ड पनि तोडिएको बताइएको छ।

उक्त अस्पताल बनाउन ४००० मान्छेले दिनभर र रातभर काम गरेको चाइना डटकम डट सीएनले जनाएको छ। त्यहाँ एक्स रे कोठा, सीटी कोठा सघन उपाचार कक्ष र प्रयोगशाला थियो। हरेक वार्डमा आफ्नै शौचालय थियो।

दुई महिनाभित्रै अस्पतालले देशभरका सात भागमा एक भाग सार्सका बिरामी भर्ना गरेको थियो। त्यसलाई राज्य नियन्त्रित सञ्चार माध्यमले “औषधिक्षेत्रको इतिहासमा जादु” भनेर प्रशंसा गरेको थियो।

काउफम्यानले भनिन्, “स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो। अन्य स्वास्थ्य क्षेत्रका नर्स र डाक्टरलाई अस्पतालमा ल्याइएको थियो। उनीहरूका लागि स्वास्थ्य मन्त्रालयले नै तयार पारिदिएको सार्सका बिरामी चिन्ने र कसरी छुट्टै राखेर उपचार गर्ने भन्ने निर्देशिका पनि थियो।”

उनका अनुसार सार्स प्रकोपका बेला उक्त संस्थाको खर्च स्थानीय क्षेत्रबाट जुटाइएको थियो। तर कर्मचारीको तलब र भवन निर्माणका लागि आवश्यक रकमको ठूलो प्रतिशत भने केन्द्रबाट मिलाइएको थियो।

उनले भनिन्, “यो उच्च प्राथमिकतामा परेको विषय भएको हुनाले म त्यसको भार वुहान सरकारलाई पर्छ भन्ने कल्पना गर्न सक्दिन।” हुवाङका अनुसार “प्रकोप समाप्त भएपछि उक्त अस्पताल चुपचाप बेवारिसे बनेको थियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी

लखनउमा भवन भत्किँदा चारजनाको मृत्यु, २८ जनाको उद्धार

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिन आयरल्याण्ड भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री कीर

मणिपुरमा फेरि तनाव, पाँच जनाको मृत्यु

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । युद्धग्रस्त