फिनल्यान्डकी ३४ वर्षीया सान्ना विश्वकै कान्छी प्रधानमन्त्री बन्दै



फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।

नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन्। हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे।

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन्। युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको उमेर ३९ वर्ष भयो।

“विश्वास पुनर्प्राप्तिका लागि हामीले धेरै काम गर्नुपर्छ,” प्रधानमन्त्री बन्न विश्वासको मत झिनो अन्तरले पाएपछि उनले संवाददाताहरूलाई भनिन्।

उनले उमेरबारे सोधिएको प्रश्नको उत्तर दिइनन्। “मैले मेरो उमेर वा लिङ्गबारे कहिल्यै सोचेकी छैन,” उनले भनिन्। “म राजनीतिमा आफू आउनुका कारण र हामीले निर्वाचनमण्डलबाट विश्वास पाउनुका कारणबारे सोच्छु्।”

मरिन नोर्डिक देशमा प्रधानमन्त्री हुने तेस्री महिला हुन्। गत एप्रिल महिनामा गरिएको निर्वाचनमा सोशल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको थियो।

त्यसैले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ। देशको वाईएलई प्रसारणसंस्थाका अनुसार सान्ना मरिनलाई उनकी आमाले एक्लै हुर्काएकी थिइन् तथा उनी उक्त परिवारबाट विश्वविद्यालय जाने प्रथम व्यक्ति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको