साइबेरियाको १८ हजार वर्ष पुरानो ‘कुकुर’ले वैज्ञानिकहरू रनभुल्ल



अध्ययनकर्ताहरू साइबेरियामा भेटिएको १८ हजार वर्ष पुरानो छाउरो कुकुर या ब्वाँसो के हो भन्ने प्रश्नले रनभुल्लमा परेका छन्।

रूसको सबैभन्दा चिसो स्थानमा मृत्यु हुँदा दुई महिनाको रहेको छाउरोको शरीर रौं, नाक र दाँत जस्ताको तस्तै रहेको छ। सो छाउरोको डीएनए परीक्षणबाट समेत यसको प्रजाति छुट्टिन नसकेको बताइएको छ।

वैज्ञानिकहरूले हिउँका कारण नकुहिएको जीव ब्वाँसो र कुकुरबीचको सम्बन्धको प्रतिबिम्ब हुनसक्ने बताएका छन्।

रेडिओकार्बन प्रविधिबाट छाउरोको मृत्यु हुँदाको उमेर र कति समय यो हिउँमा रह्यो भन्ने कुरा पत्ता लागेको हो। छाउरो भाले भएको पनि पत्ता लागेको छ।

स्वीडेनका अध्ययनकर्ता डेभ स्टान्टनले सीएनएनलाई डीएनए परीक्षणमा देखिएको अन्यौलले यो छाउरो कुकुर र ब्वाँसो दुवै प्रजातिको साझा पुर्खा प्रजातिको हुनसक्ने बताएका छन्।

अर्का अध्ययनकर्ता लभ डालेनले त्यो ब्वाँसोको छाउरो हो या हालसम्म भेटिएको सबैभन्दा बूढो कुकुर भन्ने प्रश्न गर्दै ट्वीट गरेका छन्। वैज्ञानिकहरूको डीएनएको परीक्षण जारी राख्ने बताएका छन्।

त्यो मृत छाउरोलाई डगर नाम दिइएको छ जसको स्थानीय भाषामा साथी अर्थ हुन्छ। कुकुरहरू ब्वाँसोको पुस्ता भएको मानिएपनि कहिलेदेखि यसलाई घरपालुवा बनाइयो भन्ने विवाद छ।

सन् २०१७ मा प्रकाशित एक अध्ययनले २० देखि ४० हजार वर्ष पहिले ब्वाँसोलाई घरपालुवा बनाउन थालिएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा