सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा गरेका नौ वर्षीय बालक



उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्।

त्यो पनि नौ वर्षको उमेरमा। बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए।

छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे। त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए। आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुँदैछन्।

नौ महिनामा डिग्री

नौ महिना अध्ययन गरेपश्चात उनले आउने डिसेम्बरमा इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन्।

आफूलाई अध्ययनमा यस्तो सफलता कसरी मिल्यो उनलाई थाहा छैन। बीबीसीको न्यूजडे कार्यक्रमले उनलाई नौ वर्षमा डिग्री कसरी पाउन सफल भए भनेर सोध्दा उनले भने, “मलाई थाहै छैन।”

इन्जिनियरिङ कि चिकित्सा शास्त्र?

लराँलाई प्रविधिले मानव शरीरलाई कसरी सहयोग गर्छ भन्ने विषयमा चासो छ। उनले स्नातक तहमा मस्तिष्कसँग जोडिएको इलेक्ट्रिक चिपको बारेमा शोध गर्दैछन्।

त्यो चिपले हजारौँ स्नायुहरूलाई एकैपटक मापन गर्दै तिनको अनुगमन गर्छ। उनी चिकित्सकहरूको परिवारबाट आएका हुनाले उनलाई चिकित्साशास्त्र अध्ययन गरेर त्यसैमा विद्यावारिधि हासिल गर्न मन छ।

तर उनको महत्त्वकांक्षा अर्कै छ। उनी भन्छन्, “कृत्रिम अङ्ग बनाउने मेरो लक्ष्य छ।” लराँको उद्देश्य चाहिँ अझै व्यापक छ। “म मानिसको आयु बढाउन चाहन्छु।”

प्रतिभा पहिचान

कृत्रिम अङ्गको विकास गर्दै मानव आयु बढाउने र जीवनको गुणस्तर बढाउने उनको उद्देश्य हो। “म मानवको आयु बढाउन चाहन्छु। मेरा हजुरबुवा र हजुरआमाको आयु पनि बढाउन चाहन्छु,” उनी भन्छन्।

वास्तवमा उनको तीक्ष्ण बुद्धिको पहिचान उनका हजुरबुबा र हजुरआमाले नै गरेका थिए। त्यतिबेला उनी विद्यालय भर्ना पनि भएका थिएनन्।

“हजुरबुबा र हजुरआमाले उनलाई हुर्काएका हुन् र उनीहरूले लराँमा विलक्षण प्रतिभा भएको उनीहरूले नै पत्ता लगाएका हुन्,” लराँका बुवा अलेक्जान्डर सिमोन्स भन्छन्। “तर हामीले उहाँहरूको कुरालाई गम्भीरतापूर्वक लिएकै थिएनौँ।”

उनका प्राथमिक विद्यालयका शिक्षकहरूले पनि उनको प्रतिभा विलक्षण भएको भने। त्यसपछि उनी कसरी त्यस्तो परिष्कृत भए भनेर आमाबावुले खोज्न थाले।

उनको विकासको गति देखेर विज्ञहरू पनि चकित भएका छन्। उनको स्मरणशक्ति एकदमै बलियो थियो र उनको तीक्ष्णता मापन गर्दा उनले १४५ आईक्यू स्कोर पाए।

उनको विश्लेषणात्मक क्षमता पनि गजब नै पाइयो। उनलाई गणित र विज्ञानमा रुचि थियो र पछि भाषाहरूमा पनि चासो दिन थाले।

उनी सुरुमा विद्यालयमा त्यति रमाएनन्। समुद्र तटमा गएर खेल्न रुचाए। तर विश्वविद्यालय जान थालेपछि उनले आफ्नै तरिकाले अध्ययन थाले। उनको दैनिकी कठोर लाग्छ।

“सोमवार उनी पढाइको परिचय लिन्छन्, मङ्गलवार प्रयोगशालामा जान्छन्, बुधवार उनी अध्ययनमा लीन हुन्छन् र आठ घन्टासम्म पढ्छन्। बिहीवार शिक्षकहरूलाई भेटेर प्रश्न सोध्छन् र शुक्रवार परीक्षा दिन्छन्,” उनका बुवाले भने।

“अरू विद्यार्थीलाई उनको यो चक्र पूरा गर्न १२ हप्ता लाग्छ।”

बाल्यकाल

उनका सहपाठीहरूले किशोरावस्था पूरा गरिसकेकाले लराँलाई सहज बनाउन उनलाई अलग्गै कक्षा कोठामा राखिन्छ। उनका पिता भन्छन् उनले आफ्नो बाल्यकालका खुसीहरू गुमाएका छैनन् र उनलाई कुनै दबाब छैन।

उनी अहिले नै प्रख्यात छन्। इन्टाग्राममा उनलाई ३५ हजारले पछ्याइरहेका छन् र त्यहाँ उनले रमाइलो गरिरहेका तस्बिरहरू हाल्छन्। कहिले कुकुरसँग हिँडेको, कहिले पौडिरहेको र कहिले सञ्चारमाध्यमसँग कुरा गरिरहेको।

“उनले आफू टेलिभिजनमा देखिएकोबारे उनले आफ्ना साथीहरूलाई धाक पनि लगाउँछन्,” उनका बुवा भन्छन्।

विलक्षण प्रतिभा

मोजार्टले पाँच वर्षको उमेरमा सङ्गीत सृजना गरेका थिए। पिकासोले आफ्नो पहिलो चित्रकला नौ वर्षको उमेरमा कोरेका थिए। तर धेरै बालप्रतिभाहरू परिपक्व हुँदै गएपछि हराउँदै जान्छन्।

लराँ केही फरक होलान्? “उसले सधैँ जे गरिसक्छु भन्छ त्यो काम पूरा गरेरै छोडेको छ,” उनका बुवा भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने