यी हुन् अमेरिकी इतिहासमा सबैभन्दा धेरै ९३ जनाको हत्या गर्ने व्यक्ति



पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ।

प्रहरीले स्यामुएल लीटललाई सन् १९७० देखि २००५ सम्म भएका ५० वटा फरक घटनामा जोडेको छ। उनासी वर्षीय लीटल सन् २०१२ देखि तीनजना महिलाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्।

लीटलले कमजोर व्यक्ति, कालो वर्णका महिला, लागुऔषध प्रयोगकर्ता र यौनकर्मीहरूलाई निशानामा पार्ने गरेको अधिकारीहरूले बताएका छन्।

पूर्वबक्सर समेत रहेका लीटलले पहिले मुक्का प्रहार गर्ने र त्यसपछि घाँटी थिचेर हत्या गर्ने गरेको बताइएको छ। उनले गरेकामध्ये केही हत्याहरू दुर्घटना वा लागुऔषधको अत्यधिक प्रयोगका कारण भएको अनुमान लगाउँदै एफबीआईले अनुसन्धान नगरेको बताइएको छ।

एफबीआईका अनुसार कतिपय मृत शरीर हालसम्म फेला परेका छैनन्। उनले कबुल गरेका बाँकी ४३ घटना पुष्टि गरिँदै छ।

हालसालै विभिन्न स्थानमा गरिएका हत्याका पाँचवटा घटनाबारे थप विवरण अधिकारीहरूले सार्वजनिक गरेका छन्। मृत्यु भएकाहरूको पहिचान गर्नका लागि विवरण सार्वजनिक गरिएको बताइएको छ।

यसअघि लीटलले आफूले हत्या गरेकाहरूको तस्बिर कोरेका थिए जसलाई अधिकारीहरूले पीडितहरूको पहिचान गर्नका लागि सार्वजनिक गरेका छन्।

लीटलले मृत्यु भएकाहरूको वर्णन गरेको एउटा भिडिओ पनि सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत

राष्ट्रसङ्घीय शान्ति पहललाई मजबुत पार्न वित्तीय योगदान अपरिहार्यः महासचिव गुटेरेस

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई राष्ट्रसङ्घको शान्ति स्थापनासम्बन्धी

साउदी अरब र अमेरिकाले गरे १४२ अर्ब डलरको हतियार सम्झौता

बीबीसी । अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलर बराबरको हतियार सम्झौता भएको

भारतको अमृतसरमा विषाक्त रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा विषाक्त रक्सी सेवनका