सामाजिक सञ्जाल प्रयोगमा कडाइ, के गर्दा कस्तो सजाय ?



काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

सामाजिक संजालको प्रयोगमा कडाइ गर्ने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको हो । मंगलबार संघीय संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा सामाजिक सञ्जालबाट हिंसा, घृणा, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा तथा मुलुकको अखण्डतामा प्रश्न उठाउनेलाई कडा कारबाहीको प्रावधान राखिएको छ ।

विधेयकमा सामाजिक सञ्जालमार्फत अपराध गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म सजाय हुने प्रस्ताव गरिएको छ । त्यस्तै कानुनविपरीतका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने, पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइनेसहितका प्रावधान विधेयकमा छ ।

त्यस्तै कसैको मानप्रतिष्ठामा आँच पुर्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउन नपाइने उल्लेख छ । यस्तो गरेमा ५ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । त्यसैगरी प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन, अन्धविश्वास फैलाउने तथा जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयको प्रकाशन/प्रसारणलाई पनि दण्डयोग्य कार्य मानिएको छ ।

त्यस्ता सूचना प्रचार गरी भ्रम सिर्जना भएको ठहर भए त्यस्तो सामग्री ल्याउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकमा फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएर ऐनको रूप लिइसकेको ६ महिनाभित्र अनुमति नलिए संचालनमा रोक लगाइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद पद निलम्बन फुकुवाका लागि रविले सभामुख भेट्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट

किच्चकबधमा उत्खननका क्रममा भेटियो ‘दरबारको जग’

झापा। महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित

अन्नपूर्ण आधार शिविरमा आरोहीको लर्को(फोटोफिचर)

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि, बिमस्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र