सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्रीः घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने



 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष

२०८२ भदौमा विधान अधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने भएको छ । मंगलबार

विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छः डा भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का डा. बाबुराम भट्टराईले विकास र समृद्धिले

पर्यटन दशकका लागि राज्यले लगानी गर्छः पर्यटनमन्त्री पाण्डे

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन्