अमेरिकामा टिकटक बन्द



बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै ‘अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने जानकारी गराइएको थियो ।

यसअघि टिकटकले बाइडन प्रशासनले प्रतिबन्ध कार्यान्वयन हुने आश्वस्त नगरे आइतबारबाट सेवा बन्द हुने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि आफूले टिकटकलाई ९० दिन प्रतिबन्धबाट उन्मुक्ति दिने बताएका थिए ।

प्रयोगकर्ताहरूले अमेरिकामा गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरिरहेको जनाएका छन् ।

यसअघि उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतबारबाट अमेरिकामा आफ्नो सेवा ‘नचल्ने बनाउन’ बाध्य हुने बताएको थियो ।

शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडियो शेयरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा पर्यटकहरुको वृद्धि, होटल बसाइमा ऐतिहासिक रेकर्ड

टोकियो । फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको

जातीय हिंसामा सिरियामा १२ जनाको मृत्यु

बेरुत । सिरियामा जातीय हिंसासम्बन्धी घटनाहरू पुनः वृद्धि हुँदै गएका छन् । सोमबार

जर्मनीमा मुद्रास्फीति घट्यो, अमेरिका–युरोप व्यापार विवादले नयाँ चुनौती ल्याउन सक्ने

जर्मनी । जर्मनीको मुद्रास्फीति दर मार्च महिनामा केही घटेको देखिएको छ । यद्यपि,

भूकम्पका कारण म्यान्मामा एक हप्ताको राष्ट्रिय शोक घोषणा

म्यान्मा । म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको