देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ



लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताएका छन् ।

लमजुङको मालिङमा बिहीबार  क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पुर्याइने बताए । जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उनको भनाइ थियो ।

इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङले बताए ।

अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्युटर ल्याब उपलब्ध गराइने उनले उल्लेख गरे। हालसम्म १० सामुदायिक विद्यालयमा १०÷१० थान कम्पुटर उपलब्ध गराइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद पद निलम्बन फुकुवाका लागि रविले सभामुख भेट्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि, बिमस्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र

मन्त्रिपरिषद बैठकद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको

रवि लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने यसरी सुनाए बैठकमा अनुभूति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लुप्रिन्ट कार्यदल