टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन सरकारसँग सांसद शाहको माग



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका हुन् ।

उनले भने,‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’

उनले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अर्बाैं रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको बताए ।

उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए ।
सरकारले २०८० कात्तिक २७ बाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो

हामी इतिहासको त्यो दोबाटोमा उभिएका छौँ, जहाँबाट सामान्य त्रुटी हुँदा मुलुक ठूलो जोखिममा पर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर

देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच र आत्मबल आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा

राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न राष्ट्रपतिको अपील

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन