श्रीलंकाको मन्त्रिपरिषदद्वारा शिक्षा प्रणालीमा एआई लागु गर्ने प्रस्ताव स्वीकृत



कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ ।

उक्त प्रस्ताव कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ ।

परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागु गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संसोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ ।

मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुस–युक्रेन शान्ति सम्झौता प्रयास असफल भए अमेरिकाले प्रक्रिया छाड्न सक्ने सङ्केत

लण्डन । अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्सले यदि ‘रुस र युक्रेनबीच शीघ्र शान्ति सम्झौता

भारत आतङ्कवादसँग कहिल्यै झुक्दैनः गृहमन्त्री शाह

श्रीनगर । भारतका गृहमन्त्री अमित शाहले अनन्तनागस्थित सरकारी मेडिकल कलेज (जीएमसी) अस्पताल पुगेर

चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

जिउचुवान । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान यही आज दिउँसो

पहलगाम आक्रमणपछि पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन

नयाँदिल्ली । भारतले पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । बुधबार बसेको