शैक्षिक व्यवस्थापन सुधार गर्न ताप्लेजुङका विद्यालयमा ‘सिसी क्यामेरा’ जडान



फुङ्लिङ (ताप्लेजुङ) ।   ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान  गर्न सुरुवात गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो । यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरु गरिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएर शिक्षक महासंघको टोलीलाई सिंहदरबार गेटबाटै फर्कायो

काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै

एक हप्तापछि नेपालमा फेसबुक बन्द हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो

आन्दोलन छाडेर वार्तामा आउन शिक्षक महासंघलाई नवनियुक्त शिक्षामन्त्रीको आग्रह

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । शुक्रबार

सर्वोच्चले सरकारलाई भन्यो-शिक्षकका संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ