गुगलद्वारा युरोपमा ठूलो साइबर सुरक्षा केन्द्र स्थापना



साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ । सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ ।

युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।

गुगलका अन्तर्राष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले गतवर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन् । उनले आफूहरुले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक रहेको बताए । युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताइन् ।

म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट प्रभावित पश्चिमी क्यानाडामा ६ हजारभन्दा बढी विस्थापित

  क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण ६ हजार छ सय बासिन्दालाई

श्रीलङ्काले मेको अन्त्यमा पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

  श्रीलङ्काले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम एसोसिएसन (आइओआरए) व्यापार

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

  युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

  नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक