गुगलद्वारा युरोपमा ठूलो साइबर सुरक्षा केन्द्र स्थापना



साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ । सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ ।

युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।

गुगलका अन्तर्राष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले गतवर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन् । उनले आफूहरुले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक रहेको बताए । युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताइन् ।

म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका

ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि

रियो दि जेनेरियो । ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो

जेजु एयर दुर्घटनापछि दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने

सियोल । दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी

बङ्गलादेश एयरलाइन्सको विमानमा बमको धम्की

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की