टिकटक बन्द समाधान हैन, नियमन गर्नलाई दरो आधार बनाइयोस्ः बालेन साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारलाई टिकटक बन्द नगरी नियमन गर्न सुझाव दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत मेयर साहले आफ्नो नाममा विगतमा फेक आइडी बनाएर गलत सूचना प्रसारण गर्दा त्यसलाई नियमन गर्न सम्बन्धित निकायले बेवास्ता गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ’टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् । टिकटक लाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्यौं , नेपाल प्रहरी साइबर क्राइम गुहार्यौं, नेपाल दूर सञ्चार प्राधिकरण नि गुहार्यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो, यसले गर्दा मेरो व्यक्तिगतरुपमा धेरै नै फेक आईडीले गर्दा मेरो शुभचिन्तकहरुले दुःख पाउनु भएको अवस्था थियो ।’

मेयर साहले आफूले यसरी दुःख पाउँदा पनि आफू बन्द गर्नुपर्ने पक्षमा रहेको बताएका छन् । उनले भनेका छन्, ‘तर यो भन्दैमा टिकटकलाई बन्दै गर्नुपर्छ भन्ने हैन यसले धेरै विकृति ल्याएको मात्र छैन धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको थियो । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्दै थियो । अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नुहोला । करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला । बन्द समाधान हैन, यो बन्दलाई टिकटकसँग् नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।’ सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनएमा संकीर्ण राजनीतिक सोच हुनु हुँदैनः बाबुराम भट्टराई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको

आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पकासाथ अघि बढेका छौंः प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो

सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ । शनिवार स्वास्थ्य तथा

अबको यात्रा आर्थिक क्रान्ति हुनुपर्छः महासचिव गुरुङ

तम्घास । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशमा अब आर्थिक