सामाजिक सद्भाव कायम राख्न टिकटक बन्दः प्रधानमन्त्री



भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्धको निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले गरिएको बताएका छन् । नेपाल संवत् ११४४ को अवसरमा मंगलबार भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबैदलको सहमतिमा टिकटक बन्द गरिएको दाबी गरे ।

उनले कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताए । उनले भने, ‘देशभित्रका सबै राजनीतिक दलसँगको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबैभन्दा लोकतान्त्रिक देशको मान्यता अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले टिकटक बन्द गरेका हौं । यो बहस त हुँदै जाला । यसमा विमतिहरु पनि होलान् ।’

उनले अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने बताए । त्यस्तै उनले राष्ट्रिय विभूति शंखधर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार कसको

जागरणसभाका लागि एमालेको र्‍याली सुरू

  काठमाडौं । नेकपा एमालेको आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली सुरु भएको

झापाबाट ११ करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले  ११ करोड ४३ लाख ६१ हजार

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म