सामाजिक सद्भाव कायम राख्न टिकटक बन्दः प्रधानमन्त्री



भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्धको निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले गरिएको बताएका छन् । नेपाल संवत् ११४४ को अवसरमा मंगलबार भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबैदलको सहमतिमा टिकटक बन्द गरिएको दाबी गरे ।

उनले कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताए । उनले भने, ‘देशभित्रका सबै राजनीतिक दलसँगको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबैभन्दा लोकतान्त्रिक देशको मान्यता अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले टिकटक बन्द गरेका हौं । यो बहस त हुँदै जाला । यसमा विमतिहरु पनि होलान् ।’

उनले अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने बताए । त्यस्तै उनले राष्ट्रिय विभूति शंखधर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणगढ–बुटवल सडक निर्माणको ६६ प्रतिशत भौतिक प्रगति, अहिले दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको

चोरी तस्करी रोक्न पर्सामा ‘सीसी क्यामेरा’ जडान

पर्सा ।  चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न पर्साका विभिन्न आठ स्थानमा ‘सीसी

‘एभरेष्ट समिटर समिट’ मा १६ देशका एक सय ७७ आरोही सहभागी हुने

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय

चट्याङ लागेर २३७ जनाको मृत्यु, ९०८ घाइते

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको