मेटाले ल्यायो ट्वीटरजस्तै नयाँ एप ‘थ्रेड्स्’



फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । यो एप हाल नेपाल सहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ ।

तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा यो उपलब्ध भइसकेको छैन । यसमा प्रयोगकर्ताहरूले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् र अरू धेरै विशेषताहरू पनि ट्विटरसँग मिल्दाजुल्दा छन् । तर प्रतिस्पर्धीहरूले यो एपले सङ्कलन गर्ने डेटाबारे आलोचना गरेका छन् । मेटाले यो एपलाई सुरुवाती संस्करण भनेको छ।

यसमा मास्टोडन जस्ता अन्य सामाजिक सञ्जाल जस्तै मानिसहरूसँग अन्तरक्रिया गर्ने सुविधाहरू पनि थप गरिने बताइएको छ । यो छुट्टै एप भए पनि प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन्।

यसले खाता खोल्दा उनीहरूले इन्स्ट्राग्राममा प्रयोग गरिरहेकै युजरनेम कायम रहन्छ तर थ्रेड्स्का लागि प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा रहने आफ्नो विवरण परिवर्तन पनि गर्न सक्छन् ।

मेटाका अनुसार उनीहरूले इन्स्टाग्राममा फलो गरिरहेको मानिसहरूलाई थ्रेड्स्मा कायम राख्ने विकल्प पनि दिइन्छ । यसमा ट्वीटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ। इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्स्मा स्वतः ब्लक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच काएरोमा वार्ता

बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका

पाकिस्तानमा अप्रिलमा सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा

  पाकिस्तानले ‘सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिल’ को अनुभव गरेको

जापानद्वारा क्षेत्रीय स्थिरताका लागि श्रीलङ्कामा सुधारको खोजी

जापानका विदेशमन्त्री योको कामिकावाले रणनीतिकरूपमा राखिएको श्रीलङ्काको आर्थिक सुधार हिन्द–प्रशान्त क्षेत्रमा स्थिरताका लागि

रुसद्वारा जेलेन्स्कीलाई आपराधिक ‘वान्टेड’ सूचीमा समावेश

  रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको शनिबार