उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता



काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

आज बूढानीलकण्ड नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकातर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसीटिभी जडानले घटित अपराधको छिटो, छरितो अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दुर्घटना, छुटेका सामानको पहिचानलगायत विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।

आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले बताए ।
बूढानीलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसीटिभी जडानका लागि पाँच करोडको बोलपत्र आह्वान गरिने जनाइएको छ । चालु आवमा दुई करोड ५० लाख विनियोजित रकम पेश्कीबापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौताबमोजिम हुने बाँकी रकम आगामी आवमा गरिने जनाइएको छ ।

सिसीटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने सङ्ख्या निर्धारण गरिनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका पदाधिकारी एवं वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपराध अनुसन्धानमा उपयोगी बन्दै ‘नेपाल प्रहरी मोबाइल एप’

काठमाडौँ । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

नेपाल सम्वतको ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

काठमाडौँ । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार

चल्न थाल्यो फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या समाधान भएको छ । मंगलबार राति ९