गतवर्ष १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात



आर्थिक वर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।

भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ । भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।

अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ ।

एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् ।

ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्यमहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ ।

आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भने, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ ।

आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स(युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा ‘कुनै पनि क्षण ’ लडाइँ सुरु गर्न तयार छौंः इजरायली प्रधानमन्त्री

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र रूसी नेता भ्लादिमिर

स्टारलिङ्कको पहुँच कटौती भएमा ‘विकल्प’ मा काम गर्दै किएभ

  किएभ । युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न

रुसको कब्जामा रहेको तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी ‘महत्त्वपूर्ण’ स्रोतहरू रहेको किएभको भनाई

किएभ । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको