सामसुङको ग्यालेक्सी एस–२३ बजारमा



दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो ।

ग्यालेक्सी एस २३ श्रृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ । ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ उपलब्ध भएका देशहरुको सङ्ख्या क्रमशः बढेर करिब १३० पुग्ने सामसुङले जनाएको छ ।

पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ ।

सामसुङको मोबाइल फोन व्यवसायका प्रमुख टीएम रोहले भने, ‘यस वर्षको लागि आएको पूर्व मागको सङ्ख्याले हाम्रा ग्राहकहरूको हाम्रो ब्रान्डप्रतिको बलियो विश्वासलाई प्रतिबिम्बित गर्दछ र ‘ग्राउन्ड ब्रेकिंग इनोभेसन’ र स्बिथरताप्रतिको हाम्रो प्रतिबद्धता कसरी उपभोक्तामाझ प्रतिध्वनित भइरहेको छ भन्ने देखाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको निर्देशन

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका वैदेशिक सहायता तत्कालका लागि रोक लगाउन

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका

अमेरिकासँग कुनै व्यापार युद्ध नहुने मेक्सिकोका राष्ट्रपतिको भनाई

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति

श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो । श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना