ट्विटरको नीलो टिकका लागि पैसा तिर्नु नपर्ने



ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । गतसाता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो ।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रबारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नुअघि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे ।

तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो । पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका थिए ।

ट्विटरको पूर्ण स्वामित्व लिएपछि उनले नक्कली अकाउन्ट नियन्त्रण गर्नका लागि निलो टिकसहित प्रमाणित अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने निर्णय गरेका थिए । तर यो निर्णय व्यावहारिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काले सन् २०२३ मा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण बिशेष गरी

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा)

जर्मनीमा कू को प्रयास गरेको आरोपमा २५ जना पक्राउ

सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले २५ जनालाई पक्राउ