ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने



चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् ।

व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको थियो ।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्वीटरको प्रयास हो ।

कुनै ट्वीटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्वीटरले बनाएको जनाइएको छ ।

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्

इयु प्रमुखद्वारा म्याक्रोन र स्टार्मरसँगको वार्तामा युक्रेनलाई ‘अविचल’ समर्थनको प्रतिबद्धता

  ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सप्ताहन्तमा बेलायती

गाजामा ‘कुनै पनि क्षण ’ लडाइँ सुरु गर्न तयार छौंः इजरायली प्रधानमन्त्री

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र रूसी नेता भ्लादिमिर