अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्नेमा जोड



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताए । सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उनको भनाइ थियो ।

सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उनले प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने बताए । सूचना प्रविधिका क्षेत्रमा भएको कानूनी व्यवस्था कार्यान्वयन नहुँदासमेत यस क्षेत्रमा समस्या देखिएको २५ वर्षदेखि यस विषयमा काम गर्दै आएका वरिष्ठ निर्देशक खनालले सुनाए ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो । यस क्षेत्रमा समाजमा भए गरेका विषयलाई सरोकार भएका निकायसम्म पुर्याउन फाउन्डेसनले एक वर्षअघिदेखि कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पालना गरी जुम प्रविधिमार्फत बहस चलाउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विश्वविद्यालयमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको पढाइ हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा

एसइईको नतिजा साउन २५ गतेभित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको

मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

वाग्मती । यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर

फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग