फेसबुकले अस्ट्रेलियामा न्यूज कोर्पलाई समाचारका लागि पैसा दिने
फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार भएको छ । अस्ट्रेलियाले सामाजिक सञ्जाललाई समाचारका लागि पैसा तिराउने विवादास्पद कानुन पारित गरेको केही सातापश्चात् दुई पक्षबीच सम्झौता भएको हो ।
न्यूज कोर्पले यो सम्झौताको रकम खुलाएको छैन। उसले गत महिला गुगलसँग पनि यस्तै खालको सम्झौता गरेको थियो ।
यो सम्झौतामा अस्ट्रेलियामा न्यूज कोर्पले उत्पादन गर्ने सबै सामग्रीलाई समेट्छ। फेसबुकका शेयर गरिने सबै समाचारहरूमा यो सम्झौता लागु हुनेछ । अस्ट्रेलियाको पत्रिका वितरणको कुल ७५ प्रतिशत भाग न्यूज कोर्पद्वारा सञ्चालित पत्रिकाहरूले ओगट्छन्।