जापानमा मास्क लगाएका मान्छेको अनुहार चिन्ने प्रविधिको विकास



मानिसहरूको अनुहार चिन्ने प्रणाली विकास गर्ने जापानी कम्पनी एनईसीले मास्क लगाएका मानिसहरूको अनुहार चिन्नसक्ने एउटा नयाँ प्रविधि सुरु गरेको छ । यो प्रविधिको उपकरणले मानिसहरूको अनुहारको आँखाजस्ता मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर हेर्छ ।

एक सेकेन्डभन्दा पनि कम समयमा यो प्रविधिले मानिसको पहिचान गर्नसक्छ र यसले ९९.९ प्रतिशतसम्म सही पहिचान गर्ने कम्पनीले जनाएको छ । लन्डनको प्रहरीले भिडमा निगरानीका लागि एनईसीको नियोफेस लाइभ फेसियल रिकग्निसन प्रयोग गरिरहेको छ ।

यसका अन्य ग्राहकहरूमा लुफ्थान्सा र स्वीस इन्टरनेशनल एयरलाइन्स रहेका छन् । एनईसीले उक्त प्रणालीलाई टोकियो मुख्यालयमा एउटा स्वचालित भुक्तानी पसलमा परीक्षण गरिरहेको छ ।

एनईसीको डिजिटल प्लेटफर्म शाखाका सहायक प्रबन्धक शिनिया ताकाशिमाले रोयटर्स समाचार संस्थालाई उक्त प्रविधीले मानिसहरूलाई कैयौँ अवस्थामा सिधैँ अनुहार देखाउनु पर्ने अवस्थाबाट मुक्ति दिने बताए । कोरोनाभाइरस महामारीका कारण यस्तो प्रविधिको आवश्यकता बढेको उनले बताए ।

नेशनल इन्स्टिट्युट अफ स्ट्यान्डर्डस् एन्ड टेक्नोलोजीको एउटा प्रतिवेदन अनुसार कोरोनाभाइरस महामारीअघि यस्ता अनुहार चिन्ने प्रविधिले २० देखि ५० प्रतिशतसम्म मास्क लगाएका मानिसहरूको अनुहार चिन्न सक्दैन थिए ।

तर सन् २०२० को अन्त्यसम्ममा त्यसमा धेरै सुधार आएको छ । फेसियल रिकग्निसन भनिने अनुहार चिन्ने प्रविधिहरू विवादमा परेका छन् । गोपनीयता हनन्को नैतिक प्रश्नका साथसाथै यस्ता प्रविधिले कसरी छालाको गहिरो रङ्गलाई पहिचान गर्छन् भन्ने प्रश्न उठ्ने गरेको छ ।

गत अगस्टमा वेल्स प्रहरीले प्रयोग गरिरहेको स्वचालित प्रविधि गैरकानुनी भएको एउटा अदालतले आदेश दिएको थियो । उक्त मुद्दालाई नागरिक अधिकार समूहहरूले अदालत पुर्याएका थिए ।

अमेरिकामा पनि ठूला प्रविधि कम्पनीहरूले प्रहरी अधिकारीहरूले प्रयोग गर्ने यस्ता प्रविधि बन्द गरिदिएका थिए । उनीहरूले यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्न कानुन निर्मातालाई समय दिन त्यस्तो गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता