सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’ मोबाइल एप्स सञ्चालनमा



काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । एप्सको मंगलबार भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरेका छन् । उनले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताए ।

उनले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिए ।
महामारीपछि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरणसहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्गप्रशस्त गरेको थियो ।

केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाका सबै पाठ्यपुस्तकसहितका सामग्री उक्त पोर्टलमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाएको थियो भने श्रव्यदृश्य पाठहरू निर्माण÷विकास गरी क्रमशः रेडियो र टेलिभिजनबाट प्रशारण गराएको थियो ।
केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले अनलाइनपद्दतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटबाट पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टिभी र कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुनसक्ने प्रणाली निर्माण गर्न प्राप्त सुझावका आधारमा एप्स विकास गरिएको बताए ।

एप्समा केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरू, पोर्टलमा रहेका पाठ्यपुस्तकलाई अझ सरल ढङ्गबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकका लागिसमेत उपयोगी हुने गरी विषयगत÷ कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय खाजामा लगानी बढाउन माग

  काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले

धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

  बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा

हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…

अदानचुली, (हुम्ला) । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र