भारतमा थप ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध



भारतले थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन् ।

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्याएको आरोप लगाएको थियो । चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाद्वारा पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त

पाकिस्तानी प्रधानमन्त्री खानलाई संसदमा विश्वासको मत प्राप्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको

चीनले अरब लिगलाई दियो कोभिडविरुद्धको खोप

चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ ।

कोभ्याक्समार्फत विश्वका २० देशमा दुई करोड मात्रा खोप पठाइयो

विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको जानकारी दिएको