चीनद्वारा विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको विरोध



अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पुर्याएको बताएको छ ।

अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहोर्याइएको छ ।

चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकेता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने प्रवक्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’