अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव टिकटकद्वारा अस्वीकार



टिकटकले उसको अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन् । ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सबाट टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र ओरकल थिए । वाल स्ट्रीट जर्नल र समाचारसंस्ता रोएटर्सका अनुसार व्यावसायिक रूपमा तथ्याङ्क प्रशोधन प्रविधि र क्लाउड प्रविधि विक्री गर्ने ओरकलले दौड जितेको छ । उक्त कम्पनी अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा टिकटकको व्यवसाय किन्न इच्छुक भएको विवरण यसअघि आएको थियो ।

टिकटकका एक प्रवक्ताले कम्पनीले माइक्रोसफ्ट वा ओरकलसँग भएको प्रगतिका बारेमा नबोल्ने बताए । ट्रम्पले टिकटक किन्न राम्रो कम्पनी भनी टिप्पणी गरेपछि ओरकलका लागि बाटो खुलेको छ । ओरकलमा अध्यक्ष ल्यारी इलिसल ट्रम्पका समर्थक हुन् र उनले राष्ट्रपतिका लागि फेब्रुअरीमा चन्दा सङ्कलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ‘सञ्चार प्रविधि’ उपग्रह प्रक्षेपण

सिच्याङ । चीनले दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘सञ्चार प्रविधि’

श्रीलङ्काद्वारा विद्युतीय, मेकानिकल उद्योगहरूलाई प्राथमिकता

कोलम्बो । श्रीलङ्काको औद्योगिक विकास बोर्ड (आईडीबी) ले भविष्यमा नयाँ उद्योगहरूको लागि जग्गा

पाकिस्तानमा बीस लाख बालबालिका कुपोषणको चपेटामा

इस्लामावाद । पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा ४९.६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको

ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु

साओ पाउलो । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा