अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव टिकटकद्वारा अस्वीकार



टिकटकले उसको अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन् । ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सबाट टिकटक किन्ने दौडमा माइक्रोसफ्ट र ओरकल थिए । वाल स्ट्रीट जर्नल र समाचारसंस्ता रोएटर्सका अनुसार व्यावसायिक रूपमा तथ्याङ्क प्रशोधन प्रविधि र क्लाउड प्रविधि विक्री गर्ने ओरकलले दौड जितेको छ । उक्त कम्पनी अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजील्यान्डमा टिकटकको व्यवसाय किन्न इच्छुक भएको विवरण यसअघि आएको थियो ।

टिकटकका एक प्रवक्ताले कम्पनीले माइक्रोसफ्ट वा ओरकलसँग भएको प्रगतिका बारेमा नबोल्ने बताए । ट्रम्पले टिकटक किन्न राम्रो कम्पनी भनी टिप्पणी गरेपछि ओरकलका लागि बाटो खुलेको छ । ओरकलमा अध्यक्ष ल्यारी इलिसल ट्रम्पका समर्थक हुन् र उनले राष्ट्रपतिका लागि फेब्रुअरीमा चन्दा सङ्कलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्रोही लडाकुको आक्रमणमा म्यान्मामा पूर्वजनरलको मृत्यु

यांगुन । म्यान्माका एक अवकाशप्राप्त जनरलको बिहीबार गोली हानी हत्या गरिएको छ ।

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

मस्को । रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको

जापानमा एकजना ट्याक्सी चालकद्वारा लागूऔषध खुवाएर ५० महिलालाई बलात्कार

टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै