सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का



सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् ।

यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो । दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो । यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन ।

अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ । पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहरुलाई पनि हुवावेका प्रविधि खरिद नगर्न दबाब दिइरहेको छ । गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले युरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिएका थिए ।

विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावे मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेमाथि संकट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु

साओ पाउलो । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा

पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी

मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ

दक्षिण नाइजेरियाको भिडमा भागदौड हुँदा २२ जनाको मृत्यु

लागोस । दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२

भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दाबढी पक्राउ

गवाहटी । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार