भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ । ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in  बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो ।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ । गत जुलाई महिनामा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए ।

त्यति बेला अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका जो बाइडन र अर्बपति व्यापारी एलन मस्कको ट्विटर खाता पनि ह्याक भएको थियो । समाचारसंस्था रोएटर्सका अनुसार ट्विटरले एउटा विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख छ ।

ट्विटरकी एक प्रवक्ताले ट्विटरले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको बीबीसीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।

मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए । तर मोदीको निजी ट्विटर खाता भने सुरक्षित छ। त्यसमा ६.१ करोड फलोअर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ