भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ । ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in  बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो ।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको छ । गत जुलाई महिनामा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए ।

त्यति बेला अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका जो बाइडन र अर्बपति व्यापारी एलन मस्कको ट्विटर खाता पनि ह्याक भएको थियो । समाचारसंस्था रोएटर्सका अनुसार ट्विटरले एउटा विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख छ ।

ट्विटरकी एक प्रवक्ताले ट्विटरले उक्त विषयको जाँच भइरहेको र अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको बीबीसीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।

मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए । तर मोदीको निजी ट्विटर खाता भने सुरक्षित छ। त्यसमा ६.१ करोड फलोअर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु

ढाका । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’

युरोपेली सङ्घद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

ब्रसेल्स । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले

जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने

चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

हाइनान । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार