सोचेकै भरमा कप्म्युटर चलाउन सकिने चीप जडित सुँगुर सार्वजनिक



विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्कले मस्तिष्कमा कम्प्युटर चीप राखिएको एक सुँगुर सार्वजनिक गरेका छन् । सो कार्यक्रमले उनको महत्व्कांक्षी मस्तिष्कलाई उपकरणमा जोड्ने तरिकाको प्रदर्शन गरेको छ । यो मस्तिष्कमा साना तार जडित सानो उपकरण भएको उनले बताए ।

उनको स्टार्टअप कम्पनी न्यूरालीङ्कले मानिसको यो प्रविधि परीक्षण गर्न गत वर्ष आवेदन दिइसकेको छ । यो प्रविधिले नसामा समस्या भएकाहरूलाई सोचेकै भरमा फोन वा कम्प्युटर नियन्त्रण गर्नसक्ने बनाउने बताइएको छ । त्यस्ता चीप क्रमिकरूपमा डिमेन्सिया, पार्किन्सन्स र मेरुदण्डमा समस्या भएका मानिसहरूको अवस्था सुधार गर्नका लागि प्रयोग गर्न सकिने मस्कले दाबी गरे ।

तर दीर्घकालीन रूपमा भने यसको आंशिक उद्देश्य मानव जातिलाई नष्ट पारिदिन सक्ने कृत्रिम बुद्धिमत्ताविरुद्ध उभिनु रहेको उनले बताए । प्रदर्शन गरिएको गेट्रुड नामको सुँगुरले खाना खाँदा वा बास्ना लिँदा ती गतिविधिहरू ग्राफमा देखिएको थियो ।

उनको मस्तिष्कमा जडित उपकरणले ताररहित सङ्केत पठाएको थियो जसले खानाको खोजी गरिरहेका बेला उनको नाक र मुखमा नशाको गतिविधि देखाएको थियो । गत वर्ष सार्वजनिक गरिएको न्यूरालीङ्क उपकरणलाई अझ सरल र सानो बनाइएको मस्कले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्यमा आँधी आउने क्रम किन बढ्यो ?

बीबीसी । सूर्यबाट यो वर्षको सबैभन्दा ठूलो ‘सोलर फ्लेअर’ अर्थात् सौर्य ज्वाला निस्किएको

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम

रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा

ट्रम्प प्रशासनले लगायो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक