थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक समूह बन्द



थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा समूहलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । बैंककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ । थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।

तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ । थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । विदेशबाट ’रोयलिस्ट मार्किटप्लेस’ नामक समूह खोल्न मिल्छ ।

तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ । उक्त समूहमा १० लाखभन्दा बढी सदस्य छन् । उक्त समूह सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ ।

उनका अनुसार राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिसम्म छलफल हुने गरेको छ । उनी स्वेच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुन् । उनले सोमवार साँझ बनाएको नयाँ फेसबुक समूहलाई चार लाखभन्दा बढी प्रयोगकर्ता पछ्यासकेका छन् ।

फेसबुकले थाई सरकारले “अवैधानिक मानेको सामग्रीलाई सीमित पार्न“ आफूलाई बाध्य पारिएको बताएको छ । फेसबुकले आफूले कानुनी उपचार खोज्ने तयारी गरिरहेको बताएको छ ।

मानवाधिकारवादी समूहहरूले थाईल्यान्डले फेसबुकलाई दिएको दबावको चर्को आलोचना गरेका छन्। थाईल्यान्डमा राजसंस्था वा राजपरिवारका सदस्यको आलोचना वा अपमान गरे १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

सान डिएगो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान

किएभमा आक्रमणबीच रूस–युक्रेन कैदी आदान–प्रदान

किएभ । युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा आठ

युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

मास्को ।  रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक

रूस अझै पनि विश्वको प्रमुख हतियार निर्यातकर्ता रहेको पुटिनको दाबी

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल