ट्रम्पले लगाएका प्रतिबन्धविरुद्ध टिकटकले कानुनी उपचार खोज्ने



चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ । राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ ।

अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ । छोटा भिडियोहरू शेय गर्न मिल्ने उक्त एपको अमेरिकामा आठ करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटकले करिब एक वर्षदेखि ट्रम्प प्रशासनसँग आफूले सम्बन्ध राख्न प्रयास गरेको तर त्यसका लागि उचित प्रक्रियाको कमी र तथ्यप्रति ध्यान नदिने प्रशासन भएकाले त्यसो गर्न सम्भव नभएको बताएको छ । कम्पनीका प्रवक्ताले आफूहरुको कम्पनी एवम् प्रयोगकर्ताहरूलाई निष्पक्ष रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्न आफूहरुसँग कार्यकारी आदेशलाई न्यायिक प्रणालीमार्फत् चुनौती दिनुको विकल्प नरहेको बताए । टिकटकले यसै साता कानुनी प्रक्रिया सुरु हुने अपेक्षा गरेको छ ।

गत शुक्रवार एउटा चिनियाँ(अमेरिकी कम्पनीले राष्ट्रपतिको प्रतिबन्धविरुद्ध त्यस्तै खालको अर्को एउटा मुद्दा दायर गरेको छ । उक्त मुद्दा सामाजिक सञ्जाल एप वीच्याटलाई प्रतिबन्ध लगाइएको विषयमा दायर भएको हो । वीच्याट चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा छ ।

टिकटकमा छोटा भिडियोहरू शेयर गर्न मिल्छ। पछिल्ला महिनाहरूमा किशोरकिशोरीमाझ यो अझै लोकप्रिय भएको देखिएको छ । तर ट्रम्पले उक्त एपमार्फत् चीनले अमेरिकी कर्मचारीहरू कहाँ छन् भन्ने पत्ता लगाउन सक्ने दाबी गरेका छन् ।

उनले धम्क्याउन र जासुसी गर्न कम्पनीहरूका सूचनाहरू पनि चीनलाई दिइन सक्ने आरोप पनि लगाएका छन् । चिनियाँ कम्पनीहरूको विस्तारले अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई खतरामा पार्ने ट्रम्पले बताएका छन् । उनले कार्यकारी आदेशमा चिनियाँ कम्युनिस्ट पार्टीले एपले सङ्कलन गरेको डेटामा पहुँच पाउने दाबी गरेका छन् ।

टिकटकले चाहिँ आफूले कहिल्यै पनि चिनियाँ अधिकारीहरूलाई डेटा नदिएको बताएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पले चीनविरुद्ध चलाइरहेका अभियानमा टिकटक र वीच्याटविरुद्धको कारबाही पछिल्लो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका