ट्रम्पले लगाएका प्रतिबन्धविरुद्ध टिकटकले कानुनी उपचार खोज्ने



चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ । राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ ।

अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ । छोटा भिडियोहरू शेय गर्न मिल्ने उक्त एपको अमेरिकामा आठ करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटकले करिब एक वर्षदेखि ट्रम्प प्रशासनसँग आफूले सम्बन्ध राख्न प्रयास गरेको तर त्यसका लागि उचित प्रक्रियाको कमी र तथ्यप्रति ध्यान नदिने प्रशासन भएकाले त्यसो गर्न सम्भव नभएको बताएको छ । कम्पनीका प्रवक्ताले आफूहरुको कम्पनी एवम् प्रयोगकर्ताहरूलाई निष्पक्ष रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्न आफूहरुसँग कार्यकारी आदेशलाई न्यायिक प्रणालीमार्फत् चुनौती दिनुको विकल्प नरहेको बताए । टिकटकले यसै साता कानुनी प्रक्रिया सुरु हुने अपेक्षा गरेको छ ।

गत शुक्रवार एउटा चिनियाँ(अमेरिकी कम्पनीले राष्ट्रपतिको प्रतिबन्धविरुद्ध त्यस्तै खालको अर्को एउटा मुद्दा दायर गरेको छ । उक्त मुद्दा सामाजिक सञ्जाल एप वीच्याटलाई प्रतिबन्ध लगाइएको विषयमा दायर भएको हो । वीच्याट चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा छ ।

टिकटकमा छोटा भिडियोहरू शेयर गर्न मिल्छ। पछिल्ला महिनाहरूमा किशोरकिशोरीमाझ यो अझै लोकप्रिय भएको देखिएको छ । तर ट्रम्पले उक्त एपमार्फत् चीनले अमेरिकी कर्मचारीहरू कहाँ छन् भन्ने पत्ता लगाउन सक्ने दाबी गरेका छन् ।

उनले धम्क्याउन र जासुसी गर्न कम्पनीहरूका सूचनाहरू पनि चीनलाई दिइन सक्ने आरोप पनि लगाएका छन् । चिनियाँ कम्पनीहरूको विस्तारले अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई खतरामा पार्ने ट्रम्पले बताएका छन् । उनले कार्यकारी आदेशमा चिनियाँ कम्युनिस्ट पार्टीले एपले सङ्कलन गरेको डेटामा पहुँच पाउने दाबी गरेका छन् ।

टिकटकले चाहिँ आफूले कहिल्यै पनि चिनियाँ अधिकारीहरूलाई डेटा नदिएको बताएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पले चीनविरुद्ध चलाइरहेका अभियानमा टिकटक र वीच्याटविरुद्धको कारबाही पछिल्लो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम

रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा

ट्रम्प प्रशासनले लगायो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

वासिङटन । अमेरिकी सर्वोच्च अदालतले देशमा सार्वजनिक रूपमा धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक