इजिप्टमा टिकटक र इन्स्टाग्राम प्रयोग गर्ने पाँच युवतीलाई दुई वर्षको जेल सजाय



‘हामी पूरै स्तब्ध भयौँ । उनले गल्ती गरेकी थिइनन्, मेरी बहिनी अपराधी होइनन्,’ रहमा अलअधामले सामाजिक सञ्जालमा प्रख्यात भएकी आफ्नी बहिनीबारे भनिन् । २२ वर्षीया मवादालाई इजिप्टमा पारिवारिक मूल्य मान्यताविपरीत कार्य गरेको भन्दै गत महिना दुई वर्षको लागि जेल सजाय सुनाइएको थियो ।

उनलाई टिकटक र इन्स्टाग्राममा गीत गाए जस्तो अभिनय गरेर र चलनचल्तीका परिधान लगाएर नाचेको भिडियो प्रकाशित गरेको हुनाले गत मे महिनमा पक्राउ गरिएको थियो । अभियोजनकर्ताहरूलाई उनका भिडियो अभद्र लाग्यो । मवादाका टिकटकमा ३० लाख र इन्स्टाग्राममा १६ लाख फलोअर छन् । मवादा र अन्य चार युवतीहरूलाई झन्डै २० हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाइएको थियो ।

उनीहरूलाई टिकटक गल्र्स भनेर चिनिन्छ । उक्त समूहमा मवादाबाहेक समूहमा सामाजिक सञ्जालमा लोकप्रिय हनीन होसाम र नाम नखुलाइएका अरू तीन जना छन् । रहमाका अनुसार उनकी बहिनीले विभिन्न फ्याशन ब्रान्डका लागि सामाजिक सञ्जालमा मोडलिङ गरिरहेकी थिइन् । ती तस्बिरहरू गत वर्ष आफ्नो फोन चोरी भएपछि इच्छाविपरीत सार्वजनिक भएको मवादाको भनाइ छ ।

फैसलाबारे अगस्ट १७ तारिखमा पुनरावेदनका लागि सुनुवाइ हुँदैछ र सजाय घटाइने कुरामा रहमा आशावादी छिन् । अदालतले फैसला सुनाउँदा मवादा अचेत भएको उनका वकिलले जानकारी दिए ।

यो घटनाबारे इजिप्टमा मिश्रित प्रतिक्रिया आएको छ। केही रूढीवादी मुस्लिम परिवारहरू टिकटकमा प्रकाशित हुने त्यस्ता भिडियोलाई अभद्र मान्छन् भने अन्यले यसलाई सामान्य रमाइलोका रूपमा अथ्याउँदै त्यसकै लागि जेल सजाय दिनु उचित नभएको बताएका छन् ।

बहिनीलाई मुद्दा परेपछि आफ्नी आमा विरलै मात्र ओछ्यानबाट अन्यत्र जाने रहमा बताउँछिन्। ‘आमा रोइरहनुहुन्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ उहाँ राति बिउँझिनुहुन्छ अनि मवादा घर फर्किइन् भनेर सोध्नुहुन्छ।’ एम्नेस्टी इन्टरनेशनलका अनुसार मवादाको अभद्रता पुष्टि गर्न १७ वटा तस्बिरलाई प्रमाणका रूपमा प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण

इस्लामाबाद। कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको

यी हुन् पोप फ्रान्सिसका सम्भावित १६ उत्तराधिकारी

भ्याटिकन सिटी । कुनै पनि आधिकारिक प्रचार अभियान वा उम्मेदवारहरूको सूची नभएको र

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

गाजा । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम