ह्वावेईका उपकरण हटाउने वेलायतको निर्णय निराशाजनक र गलत भएको चीनको भनाइ



वेलायतले मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका ह्वावेईका सबै फाइभजी उपकरण सन् २०२७ सम्म हटाउन भनेपछि चिनियाँ राजदूतले त्यसलाई ’निराशाजनक र गलत’ भनेका छन् । अमेरिकाले ह्वावेईको उपकरणले राष्ट्रिय सुरक्षामा जोखिममा पार्ने बताउँदै प्रतिबन्ध लगाएको छ । तर ह्वावेईले पटक पटक कुनै देशलाई हानि नगर्ने बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वेलायतको निर्णयको स्वागत गर्दै ह्वावेई ’असुरक्षित’ भएको बताएका छन् । वेलायतका लागि चिनियाँ राजदूतले ट्वीट गर्दै वेलायतले विदेशी कम्पनीलाई निष्पक्ष व्यवसाय वातावरण दिनसक्ने विषयमा प्रश्न गरेका छन् ।

वेलायतका डिजिटल मामिला मन्त्री ओलीभर डाउडेनले संसद्को दुईमध्ये तल्लो सदन हाउस अफ कमन्सलाई निर्णयको जानकारी गराएका थिए । डाउडेनका अनुसार पछिल्लो कदमका कारण वेलायतमा फाइभजी प्रविधिको प्रयोग एक वर्ष ढिला हुनेछ ।

नयाँ प्रतिबन्ध कम्पनीको ब्रोडब्यान्ड उपकरणको प्रयोगमा पनि लागु गरिएको छ । सेवा प्रदायकले पूर्णरूपमा फाइबर नेटवर्कमा प्रयोगका लागि ह्वावेईका नयाँ उपकरण खरिद नगरून् भन्ने वेलायत सरकारले चाहेको छ ।

गत वर्ष जनवरी महिनामा वेलायतले आफ्नो टेलिकम पूर्वाधारमा ह्वावेईको भूमिकाबारे समीक्षा गरेको थियो र त्यस बेला उक्त कम्पनीलाई वितरकका रूपमा कायम रहन दिने तर बजार हिस्सा भने नियन्त्रण गरिने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनि बन्यो ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपतिबीचको भेट तनावपूर्ण

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई दक्षिण अफ्रिकामा

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने

सिंगापुर । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको

युक्रेन युद्धका कारण अर्मेनियामा हतियार आपूर्तिमा ढिलाइ : रूस

येरेवान । रूसले युक्रेनमा जारी युद्धका कारण अर्मेनियामा हतियार आपूर्तिमा ढिलाइ हुन पुगेको

इन्डोनेसिया एसिया–प्रशान्तको कार्बन भण्डारण केन्द्र बन्ने

जकार्ता । इन्डोनेसियाले आफूलाई एसिया–प्रशान्त क्षेत्रको प्रमुख कार्बन भण्डारण केन्द्रका रूपमा विकास गर्ने