अमेजनले टिकटक हटाउन भन्दै कर्मचारीलाई किन पठायो गलत मेल ?



अमेजनले आफ्ना कर्मचारीहरूलाई कम्पनीको इमेल खोल्न प्रयोग भएको कुनै पनि मोबाइलबाट भिडियो साझा गर्ने एप टिकटक हटाउनु भनी गल्तीवश इमेल पठाइएको बताएको छ । शुक्रवार सबेरै कर्मचारीहरूलाई पठाइएको एउटा आन्तरिक निर्देशनमा “सुरक्षा खतराका कारण“ उक्त एप हटाउनुपर्ने भनिएको थियो । डेटाहरू चीनलाई साझा गर्नसक्छ भन्ने डरका कारण एउटा चिनियाँ कम्पनीको स्वामित्व रहेको उक्त एप अहिले धेरैको सूक्ष्म निगरानीमा परेको छ ।

टिकटकले चाहिँ अमेजनको चिन्ता आफूले बुझ्न नसकेको बताएको छ । अमेजनका एकजना प्रवक्ताले शुक्रवार बिहान आफ्ना केही कर्मचारीहरूलाई भुलवश उक्त इमेल गएको तर टिकटकलाई लिएर हाललाई कुनै पनि नीति परिवर्तन नभएको बताए । तर शुक्रवार सबेरै पठाइएको र धेरै समाचार संस्थाहरूले देखेको उक्त आन्तरिक निर्देशनमा मोबाइलबाट त्यो एप हटाउनै पर्नेमा जोड दिइएको थियो ।

“सुरक्षा खतराका कारण अमेजनको इमेल प्रयोग गरिने मोबाइलमा टिकटक चलाउन अब अनुमति छैन। यदि तपाईँको मोबाइलमा टिकटक छ भने अमेजनको इमेल मोबाइलमा चलाउनका लागि जुलाई १० भित्र त्यसलाई हटाउनुस्,“ त्यसमा भनिएको थियो । टिकटकले उक्त इमेल बाहिर आउनुअघि अमेजनबाट कुनैखाले सम्पर्क नभएको जनाएको छ ।

चीन बाहिर टिकटक बेइजिङमा आधारित बाइटडान्स कम्पनीले फैलाएको हो । यो एप कोरोनाभाइरसका कारण विश्वभरि लागेको लकडाउनका बेला थप चर्चित भएको छ । एउटा अनुसन्धान कम्पनीका अनुसार यस वर्षको पहिलो तीन महिनामा मात्र ३१ करोड ५० लाख मानिसहरूले उक्त एप डाउनलोड गरेका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र एकजना अस्ट्रेलियाली सांसदले हालै उक्त एपको मुख्यालय चीनमा रहेकाले डेटा र गोपनीयताका हिसाबले त्यसलाई थप निगरानी गर्नुपर्ने बताएका थिए ।

पोम्पेओले विदेश मन्त्रालयका कर्मचारीहरूलाई उक्त एप डाउनलोड गर्न प्रतिबन्ध लगाइदिएका थिए र अमेरिकामा पनि त्यसलाई प्रतिबन्ध लगाउनसक्ने बताएका थिए । भारत र चीनबीच तनाव बढेपछि गत जुन अन्त्यमा भारतले टिकटकसहित विभिन्न ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार