नेपालमा भारतीय न्युज च्यानल प्रशारणमा रोक



काठमाडौँ । केबल अपरेटर कम्पनीहरुले नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका छन् ।

भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिए । पछिल्लो समयमा केही भारतीय न्युज च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि यसको विरोध भइरहेको छ । म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर नै अफवाह फैलाउने भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले नेपाललाई दक्षिण एसियाको आइटी हव बनाउन सक्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्रीः घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी

अमेरिकामा टिकटक बन्द

बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ ।

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल