भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित



भारत सरकारले ५८ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ । प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर र शेयरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ ।

भारत सरकारले निर्णय लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला लिइएको छ । इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा’ भएकाले प्रतिबन्धित गरिएको हो ।

आईटी मन्त्रालयले आईटी कानुन अनुसार उक्त निर्णय लिएको हो । ती एपहरू एन्ड्रोयड र आईओएस दुवै अपरेटिङ् प्रणाली भएका मोबाइल फोनमा प्रतिबन्धित हुनेछन् । मन्त्रालयका विज्ञप्तिमा भनिएको छ, ‘भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’ यसबाट भारतको साइबर सुरक्षा सुनिश्चित हुने सरकारको भनाइ छ ।

उक्त प्रतिबन्धपछि दुवै खाले मोबाइल फोनले एप स्टोरबाट ती एपहरू हटाउनु पर्नेछ । तर सरकारले जारी गरेको विज्ञप्तिमा मानिसहरूलाई आ आफ्नो मोबाइलबाट ती एप मेट्न अपिल गरिएको छ । जसले ती एप आफ्नो मोबाइलमा राखेका छन् उनीहरूले नहटाउँदासम्म रहिरहने छन् । तर एप स्टोरबाट हटाइएपछि उनीहरूले आफ्नो स्मार्टफोनमा राखेका एप अपडेट गर्न सक्ने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ